१० असार २०८३, बुधबार

टेक्सास गोलीकाण्ड : पाण्डेको हत्या अभियोगमा एक जना पक्राउ

भदौ १४, २०८१
काठमाडौं
टेक्सास गोलीकाण्ड : पाण्डेको हत्या अभियोगमा एक जना पक्राउ
हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डे ।

वाशिङ्टन डिसी - प्रहरीले नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्याका अभियोगमा  टेक्सास राज्यबाट ५१ वर्षीय बबिसिंह साहलाई पक्राउ गरेको छ । पाण्डेको टेक्सासको हयुष्टनमा गत शनिबार हत्या भएको थियो ।

पाण्डेको हत्या अभियोगमा साहलाई पक्राउगरी तस्विरसमेत सार्वजनिक गरेको प्रहरीले जनाएको छ ।

हयुष्टन पुलिस डिपार्टमेन्टले ६३६३ वेष्ट एयरपोर्ट ब्लुवर्डमा गत सोमबार साँझ ५:३५ बजे  पाण्डेको शव उनकै अपार्टमेन्टमा फेला पारेको थियो । प्रहरीलाई अपार्टमेन्टको स्टाफले फोन गरेर जानकारी दिएको र सोही जानकारीका आधारमा अपार्टमेन्टमा प्रहरी टोली पुगेको जनाइएको छ ।

त्यहाँ उनीहरूले गोलीको प्रहारपश्चात निधन भएकी एक युवतीको शव बरामद गरेका थिए । पछि उनीहरूले पाण्डे भएको जानकारी गराएका थिए । प्रहरीले बुधबार मात्र शङ्कास्पद व्यक्तिको तस्विर सार्वजनिक गरेको थियो । सोही दिन साँझ संदिग्ध साहलाई गिरफ्तार गर्न सफल भएको हो । 

नेपाली समुदायका अगुवाहरूले मुनाको न्यायको लागि प्रयास गरिरहने र संदिग्ध व्यक्तिलाई अधिकतम सजायको माग गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्