०९ साउन २०८३, शनिबार

अनावश्यक तडकभडक र खर्चिलो हुनेगरी तिज कार्यक्रम गरे कारबाही गर्ने प्रशासनको चेतावनी

भदौ १४, २०८१
काठमाडौं
अनावश्यक तडकभडक र खर्चिलो हुनेगरी तिज कार्यक्रम गरे कारबाही गर्ने प्रशासनको चेतावनी
फाइल तस्वीर

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तिज कार्यक्रम आयोजना गरे कारबाही गर्ने चेतावनी दिएको छ । 

कार्यालयले बिहीबार सूचना जारीगरी तिज मनाउने क्रममा अनावश्यक तडकभडकसहित खर्चिला कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएको हो । 

आफ्नो परम्परा, सामाजिक रीतिरिवाजलाई मौलिक रूपमा संरक्षण र सम्वर्द्धन गर्नेबाहेक तिजसँग सम्बन्धित अरू खर्चिला एवम् भड्किलो कार्यक्रम नगर्न प्रशासनले आग्रह गरेको छ ।

'कोही कसैले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तिजका कार्यक्रमहरूको आयोजना गरे/गराएमा त्यस्ता गतिविधिहरूको निगरानी गरी कानुनबमोजिम कारबाही हुने व्यहोरा समेत यसै सूचनाद्वारा सबैमा जानकारी गराइएको छ,' काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले जारी गरेको सूचनामा भनिएको छ, 'पर्व मनाउने सन्दर्भमा अनावश्यक तडकभडक र फजुल खर्च नियन्त्रण गरी असल संस्कारको विकास गर्दै जानु हामी सबैको कर्तव्य भएकोले यस कार्यमा जिल्लास्थित सबै राजनीतिक दल, नागरिक समाज, पेसागत संघसंस्थाहरू, सञ्चारकर्मीहरू, महिला सञ्जाल तथा सम्पूर्ण जिल्लावासीहरूबाट सहयोगको अपेक्षा गरिएको छ ।'

null


 

salt training

कमेन्ट गर्नुहोस्