१६ असार २०८३, मंगलबार

बेल्चाले हानेर आयल निगमका कर्मचारी राकेश बर्माको हत्या

भदौ १४, २०८१
काठमाडौं
बेल्चाले हानेर आयल निगमका कर्मचारी राकेश बर्माको हत्या

धनुषाको महेन्द्रनगरमा नेपाल आयल निगमका कर्मचारी राकेश बर्माको हत्या भएको छ । निगमकै कर्मचारी प्रकाश यादवले बेल्चाले हानेर उनको हत्या गरेको प्रहरीले जनाएको छ ।

null

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रन्जन अवाका अनुसार आज बिहान १० बजे बर्मासँग विवाद हुँदा यादवले बेल्चा प्रहार गरेका थिए । 

यादवलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी अवाले दिए । मृतक बर्मा पत्रकार राजेश बर्माका भाइ हुन् । 

डीएसपी अवाका अनुसार अहिले घटनाको मुचुल्का उठाउने काम भइरहेको छ। 

मृतक बर्मा बिगत ४/५ वर्षदेखि निगमको महेन्द्रनगरस्थित डिपोमा करारमा काम गर्दै आएका थिए । सिरहा घर भएका उनको एक छोरी र एक छोरा छन् ।

salt training

कमेन्ट गर्नुहोस्