१८ असार २०८३, बिहीबार

ट्रम्पका निर्वाचन अभियन्ता पल मानाफोर्टविरुद्ध देशद्रोहको अभियोग

कात्तिक २०, २०७४
ट्रम्पका निर्वाचन अभियन्ता पल मानाफोर्टविरुद्ध देशद्रोहको अभियोग

काठमाडौं, १४ कात्तिक — अमेरिकाको अफिस अफ द स्पेसल काउन्सेलले राष्ट्रपति डोनल्ड ट्रम्पका पूर्व निर्वाचन अभियन्ता पल मानाफोर्ट र लामो समयदेखि उनका साझेदार रिक गेट्सलाई १२ वटा अपराधको दोषी रहेको अभियोग लगाएको छ । पहिलो अभियोग चाहिँ ‘अमेरिकाविरुद्धको षड्यन्त्र’ हो ।


अभियोगमा मानाफोर्ट र गेट्सले विगत ११ वर्षमा ‘जानजान अमेरिकालाई गुमराहमा राखेर डिपार्टमेन्ट अफ जस्टिस र डिपार्टमेन्ट अफ द ट्रेजरीका काममा अवरोध ल्याएको’ उल्लेख छ ।

यसको अर्थ मानाफोर्ट र गेट्सले अवैध कार्य गर्नका लागि सहमति जनाएको भन्ने लाग्छ । उनीहरूले विदेशी बैंकमा रहेको खाताका बारेमा नबताएको, विदेशी एजेन्टका रूपमा आफूलाई दर्ता नगरेको र विगत ११ वर्षदेखि युक्रेनी सरकारसँग लबिइङको कामबारे झुटो बयान दिएको समेत अभियोगमा उल्लेख छ ।

मानाफोर्टले सन् २००६ देखि २०१६ सम्मको समयमा यस्ता अपराध गरेको बताइँदा यो समयले ट्रम्पको निर्वाचन अभियानलाई समेत समेट्छ । सन् २०१६ मा मानाफोर्ट ट्रम्पको निर्वाचन अभियानका अध्यक्ष थिए ।

मानाफोर्ट र गेट्सले आफूहरू दोषी नरहेको बयान दिइसकेका छन् । उनीहरूविरुद्धको अभियोग साबित भएमा एक लाख डलरबराबरको जरिवाना र फौजदारी सजाय घोषणा गरिएमा दुई लाख पचास हजार डलरबराबरको जरिवाना र/वा पाँच वर्षको कारावास सजाय हुनेछ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्