
नाडा अटो शोमा पहिलो दिनमै १०० भन्दा बढी बुकिङ लिएर बिक्री शुरू भएको पन्च इभी ४ दिनमा ३२८ बुकिङ भएको छ ।
टाटा पन्च इभी शुरूवाती मूल्य ३३ लाख ९९ हजार रूपैयाँमा सार्वजनिक गरिएको थियो ।
यो मूल्य नाडासम्मलाई मात्र रहेको र पछि बढ्ने कम्पनीले सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले बताए ।
साथै नाडामा गाडी किन्ने ग्राहकहरूलाई सिप्रदीको चार्जिङ स्टेशनमा निःशुल्क चार्जिङको पनि घोषणा गरिएको छ ।