नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले नेपालको अटोमोबाइल क्षेत्रको समस्याबारे सरकारको ध्यानाकर्षण गराउन आफूहरू सफल भएको बताएका छन् ।
नाडा अटो शो २०२४ को सन्दर्भमा आइतबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित 'मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय' विषयक अन्तर्क्रिया बोल्दै उनले नाडाले नेपालको अटोमोबाइल क्षेत्रको समस्याबारे सरकारको ध्यानाकर्षण गराउन आफूहरू सफल भएको बताएका हुन् ।
नेपाल राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीतिले सबैक्षेत्रलाई समेट्ने बताएको स्मरण गर्दै यसले सुस्ताएको अटोमोबाइल व्यवसाय पुनः फष्टाउने उनले आशा व्यक्त गरे ।
अन्तर्क्रिमा बैंक तथा वित्तीय परिसंघका अध्यक्ष उपेन्द्र पौडेल, नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसी, नेपाल विमक संघका महासचिव अशोककुमार खडकाले आ-आफ्नो धारणा राखेका थिए ।
इमानकका अध्यक्ष डिल्लीप्रसाद सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले समेत सम्बोधन गरेका थिए ।