
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले सोमबार पदभार ग्रहण गरेका छन् ।
आइतबार सञ्चारमन्त्रीबाट नियुक्तिको पत्र बुझेका डीसीले सोमबार बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डीसीलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।