०४ असार २०८३, बिहीबार

क्युआर कोडसहितको लाइसेन्स जारी गर्दै सरकार

भदौ १७, २०८१
काठमाडौं
क्युआर कोडसहितको लाइसेन्स जारी गर्दै सरकार

सरकारले क्युआर कोडसहितको लाइसेन्स जारी गर्ने भएको  छ।

प्रेस चौतारी नेपाल चितवन शाखाले सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यस्तो जानकारी गराएका हुन् ।

लाइसेन्स वितरणको जिम्मेवारी प्रदेश सरकारको रहेको भन्दै उनले हाल २० लाख लाइसेन्स बन्ने प्रक्रियामा रहेका र ५ लाख लाइसेन्स बनिसकेको बताए ।

मन्त्री दाहालले सङ्घीय, प्रदेश र स्थानीय सरकारले के–के काम गर्ने भन्ने स्पष्ट भएकाले यातायात क्षेत्रमा देखिएका समस्या समाधान हुँदै जाने धारणा राखे ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले रेलमार्गको अध्ययनका लागि बर्सात सकिएपछि काम शुरू हुने बताए ।

रेलमार्गको रेखाङ्कन भए पनि बैङ्कले ऋण प्रवाह नगर्ने, जग्गा खरिद बिक्री नहुनेजस्ता समस्याका कारण स्थानीय आक्रोशित भइरहेको उनले सुनाए ।

सचिव शर्माले स्थानीयको मागलाई सम्बोधन गरेर मात्र मन्त्रालयलले रेलमार्ग निर्माण गर्ने बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्