०३ साउन २०८३, आइतबार

वीरगञ्ज नाकाबाट मोटरसाइकल आयातमा उल्लेख्य वृद्धि, जीप र कारको आयातमा भने कमी

भदौ १७, २०८१
पर्सा
वीरगञ्ज नाकाबाट मोटरसाइकल आयातमा उल्लेख्य वृद्धि, जीप र कारको आयातमा भने कमी

देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट मोटरसाइकल आयातमा उल्लेख्य वृद्धि भएको छ । सो नाका प्रयोग गरी जीप र कारको आयातमा भने कमी आएको छ । 

गत आर्थिक वर्ष २०८०–८१ को साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा जीप र कारको आयातमा ४० प्रतिशतले कमी आएको छ । सो अवधिमा मोटरसाइकलको आयात शतप्रतिशतले बढेको छ । 

गत आर्थिक वर्षको साउन महिनामा वीरगञ्ज नाकाबाट रु ४६ करोड ७७ लाखका तीन हजार पाँच सय ७१ थान मोटरसाइकल आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी राघुलाल कर्णले जानकारी दिए । चालु आवको साउनमा भने रु ९४ करोड ४८ लाखका सात हजार एक सय ५० थान मोटरसाइकल आयात भएका थिए ।  

वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको साउन महिनामा रु २० करोड ६० लाखका एक सय २७ थान जीप र कार आयात भएका थिए भने चालु आवको सोही अवधिमा रु १४ करोड ४४ लाखको ७६ थान मात्र जीप र कार आयात गरिएको छ ।

गत आर्थिक वर्षको साउन महिनामा मोटरसाइकल आयातबाट रु ४४ करोड २१ लाख राजस्व सङ्कलन भएको थियो । चालु आवको सोही अवधिमा भने रु ८८ करोड ६४ लाख राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।–रासस 

salt training

कमेन्ट गर्नुहोस्