२६ जेठ २०८३, मंगलबार
लम्बियो सहकारी ठगीको छानबिन

सहकारी ठगी प्रकरणः संसदीय छानबिन समितिको म्याद १५ दिन थप्ने तयारी

भदौ १७, २०८१
काठमाडौं
सहकारी ठगी प्रकरणः संसदीय छानबिन समितिको म्याद १५ दिन थप्ने तयारी

सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप हुने भएको छ ।

मंगलवार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा सहकारी छानबिन समितिको म्याद थपसम्बन्धी प्रस्ताव पारित गर्ने तयारी रहेको संसद सचिवालयका प्रवक्ता एकराज गिरीले लोकान्तरलाई सोमवार जानकारी दिए ।

समितिका सभापति सूर्य थापाले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई भेटेर समितिको म्याद थपका लागि प्रस्ताव राखेको उनले बताए । ‘सभापति थापाले काम अझै बाँकी रहेकाले म्याद थपका लागि प्रस्ताव गरेको बताउनुभएको छ,’ प्रवक्ता गिरीले भने । 

यसपछि सभामुखले उक्त विषय प्रतिनिधिसभा बैठकको कार्यसूचीमा राख्न लगाएको उनकाे भनाइ छ ।

पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलगायत विभिन्न व्यक्ति र  विभिन्न सहकारीका संचालकमाथि सहकारी ठगीको आरोप लागेको छ ।  यस प्रकरणको छानबिन गर्न नेकपा (एमाले)का सांसद थापाको सभापतित्वमा छानबिन समिति गठन भएको थियो । लामिछानेलगायत विभिन्न व्यक्तिसँग समितिले सोधपुछ गरिसकेको छ । 

तीन महिना समय तोकिएको समितिको पहिलो बैठक २३ जेठमा बसेको थियो । त्यसअनुसार २२ भदौमा समितिको म्याद सकिँदैछ । अब १५ दिनको म्याद थप्ने राजनीतिक सहमति भइसकेको बताइएको छ ।  


 

salt training

कमेन्ट गर्नुहोस्