०७ असार २०८३, आइतबार

स्रोत नखुलेको रकम सहित एक जना पक्राउ

भदौ १७, २०८१
विराटनगर
स्रोत नखुलेको रकम सहित एक जना पक्राउ

मोरङको     बिराटनगर महानगरपालिका-१८ रेलवे लाईन दशगजाबाट स्रोत नखुलेको ६ लाख रूपैयाँ सहित भारत अररिया फारबिसगंज-१० बस्ने ३९ वर्षीय अर्जुन कुमारलाई प्रहरीले पक्राउ गरेको छ । 
अस्थायी प्रहरी पोष्ट भेडयारीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ३८ एल १९१४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक कुमारलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।  
 

कमेन्ट गर्नुहोस्