०४ असार २०८३, बिहीबार

मसला पिस्ने ढुंगा र गमला प्रहार गरी परियारको हत्या

कात्तिक २०, २०७४
 मसला पिस्ने ढुंगा र गमला प्रहार गरी परियारको हत्या
काठमाडौँ, १४ कात्तिक - महानगरीय अपराध महाशाखाले हत्या आरोपी गोरखा मकैसिंह गाउँपालिका–६ का २२ वर्षीय लालमान श्रेष्ठलाई आज पक्राउ गरेको छ ।arrest

काठमाडौं महानगरपालिका–११ विजेश्वरी बस्दै आएका गोरखा बोर्लाङ–२ का ३० वर्षीय राम परियारको हत्यामा संलग्न रहेको अभियोगमा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

परियारको नयाँबजारस्थित डेरामा गत कात्तिक ११ गते शव फेला परेको थियो ।

प्रहरीका अनुसार श्रेष्ठले रु ३५ हजार र परियारले रु ४० हजार लगानी गरी नयाँबजारमा ‘नयाँ बजार खाजाघर’ सञ्चालन गर्दै विजेश्वरीमा एउटै कोठामा बस्दै आएकोमा कात्तिक ५ गते रक्सी खाएको बेला खाजाघरको हिसाबकिताबका विषयमा विवाद उत्पन्न भएपछि श्रेष्ठले मसला पिस्ने ढुंगा र गमला प्रहार गरी परियारको हत्या गरेका थिए ।

श्रेष्ठले परियारसँग भएको सुनको औंठी, उनको राहदानी र झोला समेत लिई कोठाबाट फरार रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्