०६ असार २०८३, शनिबार

'सिटिजन हिरोज कनक्लेभ'को चौथो संस्करण सम्पन्न

भदौ १८, २०८१
काठमाडौं
'सिटिजन हिरोज कनक्लेभ'को चौथो संस्करण सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रत्यक वर्ष आयोजना गर्दै आएकोे तीन दिने ‘सिटिजन हिरोज कनक्लेभ’को चौथो संस्करण सम्पन्न भएको छ । 

null

भदौ १४ गतेदेखि १६ गतेसम्म चितवनको सौराहास्थित पार्क सफारी रिजोर्टमा ‘सिटिजन हिरोज कनक्लेभ’को चौथो संस्करण सम्पन्न भएको कम्पनीले जनाएको छ । 
सबल अनि सक्षम, निरन्तर प्रगतिको पथमा भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो । 

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले हरेक वर्ष कम्पनीमा कार्यरत सिनियर एजेन्सी मेनेजरसहित अघिल्लो आर्थिक वर्षमा उत्कृष्ट कार्र्य गरेकोे आधारमा केही एजेन्सी म्यानेजरहरूलाई कार्यक्रममा सहभागी गराउँदै आएको छ । 

छनोट भएका सिनियर एजेन्सी मेनेजरहरूको थप क्षमता अभिवृद्धि गरेर हौसला प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्ने गरिएको कम्पनीले जनाएको छ । 

कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक सायद अफजल अहमदद्वारा कम्पनीमा कार्यरत ५५ भन्दा बढी लिडर्सहरूलाई तालिम प्रदान गरिएको थियो । कार्यक्रममा कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम पनि संचालन गरेको थियो ।     
 

salt training

कमेन्ट गर्नुहोस्