१२ असार २०८३, शुक्रबार

काँग्रेसले पार्टीमा भित्यायो ५ पूर्वसांसद

कात्तिक २०, २०७४
काँग्रेसले पार्टीमा भित्यायो ५ पूर्वसांसद

काठमाडौँ, १४ कात्तिक- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बाट कैलाली क्षेत्र नं २ बाट निर्वाचित पूर्वसांसद मोहनसिंह राठौर र एमालेकै अर्की पूर्वसांसद रविना चौधरी आज औपचारिक रुपमा काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको सदस्यता दिई स्वागत गरे ।


आजै नेकपा (माओवादी केन्द्र) का सर्लाहीबाट निर्वाचित पूर्वसांसद शम्भुलाल श्रेष्ठ तथा पूर्वमन्त्री एवं माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्य नन्दनकुमार दत्त, डा अबुल अन्सरीलगायत दर्जनौं नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गरे ।

त्यस्तै राप्रपाका पूर्वकेन्द्रीय कोषाध्यक्ष, पूर्वसांसद् एवं पोखराका उद्योगपति सूर्यबहादुर केसी र पूर्वमन्त्री कुमार खड्कासहित सयौँ नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गरे ।

यसैगरी संघीय समाजवादी फोरम नेपालका उपमहासचिव एवं कपिलवस्तु निर्वाचन क्षेत्र नं ५ का पूर्वसांसद अभिषेक प्रताप साह पनि काँंग्रेस प्रवेश गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्