२४ जेठ २०८३, आइतबार

झण्डै ७ अंकले बढ्यो नेप्से, शेयर बजारमा साढे १३ अर्बको कारोबार

भदौ १८, २०८१
काठमाडौं
झण्डै ७ अंकले बढ्यो नेप्से, शेयर बजारमा साढे १३ अर्बको कारोबार

अघिल्लो दिन सोमबार उछाल आएको शेयर बजार मंगलबार सामान्य अंकले बढेको छ ।

६.९० अंकको वृद्धिसहित नेप्से परिसूचक २८३०.१६ बिन्दुमा कायम भएको छ ।

१०६ कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा १३३ कम्पनीका शेयर धनीले गुमाएका छन् । ५ कम्पनीको मूल्य यथावत रह्यो ।

मंगलबार एनएलजी इन्स्योरेन्ससहित ७ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि देखिएको छ ।

हिमालयन पावर पार्टनर लिमिटेडका शेयर धनीले सर्वाधिक ८.८६ प्रतिशत गुमाएका छन् । 

कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ । मंगलबार समग्रमा १३ अर्ब ५७ करोड ७१ लाखभन्दा बढीको कारोबार भयो ।

salt training

कमेन्ट गर्नुहोस्