१० असार २०८३, बुधबार

इन्जिनियर वलीलाई यस वर्षको ‘वेदप्रसाद लोहनी स्वर्ण पदक’

भदौ १८, २०८१
काठमाडौं
इन्जिनियर वलीलाई यस वर्षको ‘वेदप्रसाद लोहनी स्वर्ण पदक’

नेपालमा सिमेन्ट ढलान निर्माण प्रविधिका ‘पायोनियर’ वेदप्रसाद लोहनीको सम्झनामा स्थापना भएको ‘वेदप्रसाद लोहनी स्वर्ण पदक’बाट इन्जिनियर अश्विन वली सम्मानित भएका छन् । 

त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकबाट २०७९ सालमा एमएस्सी, स्ट्रक्चरल इन्जिनियरिङमा वलीले उत्कृष्ट अंक प्राप्त गरेका थिए । कोरोना र विभिन्न प्राविधिक कारणले बीचमा यो अवार्ड वितरण कार्यक्रम रोकिएको थियो । 

null

तर, सोमवार पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा आयोजित विशेष कार्यक्रममा वलीलाई यस वर्षको अवार्डबाट सम्मानित गरिएको हो । वली हाल अमेरिकामा पीएचडी गर्दैछन् । त्यसैले उनको सम्मान माता–पीताले थापेका थिए । 

यस अवसरमा लोहनीका छोरा वसन्त लोहनीले आफ्ना बुवाका बारेमा रोचक प्रसंग सुनाएका थिए । सिमेन्ट ढलानबाट नेपालमा पहिलो भवन त्रिचन्द्र क्याम्पसको सरस्वती भवन निर्माण भएको थियो । यसका योजनाकार र निर्माता वेदप्रसाद थिए । उनकै कारण नेपालमा सिमेन्ट ढलानमा क्रान्ति आएको थियो । उनले नेपालमा मात्र होइन, भारतमा समेत सिमेन्ट ढलानबाट भवनहरू निर्माण गरेका थिए । 

null

नेपालमा इन्जिनियरिङ अध्ययनलाई संस्थागत गर्न पनि वेदप्रसादको ठूलो योगदान छ ।


 

salt training

कमेन्ट गर्नुहोस्