कात्तिक ३०, २०८०
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
काठमाडाैं | भदौ १९, २०८१
२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थियो । उनी २०७४ सालको प्रतिनिधि सभा चुनावमा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल (तनहुँबाट)लाई हराएर चर्चामा आएका थिए । २०७९ मा बारा–४ बाट प्रतिनिधि सभामा निर्वाचित भएका उनी हाल पनि प्रतिनिधि सभा सदस्य छन् ।
तीन वर्षअघिको त्यो बैठकमा चार पानामा २४ जना सांसदको हस्ताक्षर संकलन गरिएको थियो । ती २४ जना नै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का संस्थापक केन्द्रीय सदस्य थिए । जसले निर्वाचन आयोगबाट वैधानिकता पाएको थियो ।
सर्वोच्च अदालतले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भई गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई आ–आफ्नो दलमै फर्किन फैसला सुनाएपछि एमाले र एकीकृत माओवादी ब्युँतिएका थिए । ब्युँतिएको एमालेबाट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा २४ सांसदसहितले हस्ताक्षर गरेर निर्वाचन आयोगमा दल दर्ता गराएपछि तीन वर्षअघि एमाले विभाजन भएको थियो ।
हाल नेकपा (एस)का मनोनीत केन्द्रीय सदस्यहरूले आन्तरिक चुनावबाट पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गरेपछि पार्टीभित्र विवाद चुलिएको छ । सतहमा रामकुमारी झाँक्री उपाध्यक्षमा पराजय भएपछि चर्चा भयो । तर, प्रभावशाली नेताहरूले आन्तरिक पार्टी जीवनबारे हाकाहाकी बालेका शब्दहरू सुन्दा नेकपा (एस) ‘भेन्टिलेटर’मा पुगेको भान हुन्छ ।
खासमा महिला उपाध्यक्षमा पराजय झाँक्रीसँग हालै भएको कुराकानीको सन्दर्भ हो । एमालेबाट पार्टी विभाजन गराउन मुख्य भूमिका खेलेका किसान, एमालेले चितवनको दशौं महाधिवेशनमा ‘चिट बाँड्यो’ भनेर एसमा प्रवेश गरेका भास्कर काफ्ले, लामो समय ओली पक्षमा रहेर पछि एसमा गएका पिताम्बर तिमिल्सिना एकाएक झाँक्रीसँगको संवाद स्थलमा आइपुगे (प्राविधिक कारण स्थान उल्लेख गरिएको छैन) । सबैजना एकाएक नेकपा (एस)भित्र ‘उकुसमुकुस’मा रहेको अनुभूतिसहित प्रस्तुत भए । सबैले एकै स्वरमा भने, ‘एमालेमा रहँदा यस्तो पीडा थिएन ।’ आधा घन्टाअघि महासचिव घनश्याम भुसालले झाँक्रीसँग छलफल गरेर हिँडेका थिए ।
त्यही मेसोमा तीन वर्षअघि पार्टी विभाजन गर्दा झाँक्रीले नेपालको हात समाएर निर्वाचन आयोगमा पुगेको चर्चा भयो । त्योसँगै २४ सांसदको हस्ताक्षर पुर्याउन के गरिएको थियो ? भन्ने गतिविधिको स्मरणमा किसान र झाँक्री स्मरण गरे ।
महाधिवेशन र चुनावले पार्टी एकढिक्का भयो वा झन् ‘विभाजित’ ? जवाफमा झाँक्रीले भनिन्, ‘बागमती प्रदेशको ९ जिल्ला, कर्मचारीलगायत २ वटा पेशागत संगठनहरूको मात्रै अधिवेशन भएको बेला महाधिवेशनको समय भएको थिएन । पार्टी निर्माण भएको तीन वर्ष भइसक्दा एउटा वैधानिक बाटोका लागि पनि महाधिवेशन ठीकै छ भन्ने भयो । महाधिवेशन हलबाटै तीन पद (अध्यक्ष, सम्मानित नेता र महासचिव) सर्वसम्मत अन्य पदमा चुनावमा जाऔं भन्ने हलको माग थियो । तर, त्यसलाई खारेज गर्दै दशैंमा खसीबोका, च्याङ्ग्रा छामेर तौलिएजस्तो गरी केन्द्रीय सदस्य मनोनीत गरियो । उनीहरूलाई नै चिट बाँडेर चुनाव गराइयो । नेकपा (एस)का संस्थापक सबैलाई छानीछानी हराए ।’
झाँक्रीपछि किसान बोले, ‘३४४ जना न समावेशी, न भूगोल, न लिङ्ग, न पार्टीमा योगदान कुनै आधारविनाका भजन मण्डलीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेर चुनाव गराइयो । रामकुमारी बहिनी र मैले महाधिवेशनको मुखमा मेरै घरमा बसेर माधवकुमार नेपाल अध्यक्ष, झलनाथ खनाल सम्मानित नेता र घनश्याम भुसाललाई महासचिवमा सर्वसम्मत गराउने सहमति गराएका हौं । माधवकुमार नेपालले नै मलाई साक्षी राखेर रामकुमारी बहिनीलाई महिला उपाध्यक्षमा उठ्न भन्नु भएको हो । तर, हराउन रहेछ ।’
पदाधिकारी र पोलिटब्युरो सदस्यको चुनाव खारेज गरे मात्रै पार्टी निर्माणमा लाग्ने उनीहरूले सामूहिक जिकिर गरे । जुन सम्भावना न्यून छ । असन्तुष्टि पोखिरहँदा उनीहरूमा निराशा थिएन र उत्साह पनि थिएन । अब, विद्रोह गर्नुहुन्छ तपाईंहरू ? जवाफमा उनीहरूले भने– ‘कि विद्रोह गर्नुपर्यो । नभए एउटा कम्पनी खोलेर शेयर सदस्य बस्नुबाहेक विकल्प देखिन्न ।’
झाँक्री र किसानले औंलामा गणना गर्दै गए एमाले विभाजन गर्दाका २४ सांसदको नाम । ‘पार्टी विभाजन गर्ने हामीसहित २४ सांसदमध्ये २२ जना एकातिर छौँ । अहिले माधवकुमार नेपाल र कल्याणी खड्का मात्रै एक ठाउँ हुनुहुन्छ’, किसान र झाँक्रीले तथ्य पेश गर्दै भने– ‘अनि नेकपा (एस) छ र महाधिवेशनपछि पार्टी ठूलो बन्छ, एकढिक्का भयो कसरी भन्ने ?’
भास्कर काफ्लेले आफैंलाई नियाल्दै भने, ‘ चितवनमा एमालेको दशौं महाधिवेशनमा चिट बाँडियो भनेर विद्रोह गरेको मान्छे हुँ म । यहाँ त झन् चिट बाँडेर मेरो आधा मत पनि आएन ।’ एक मतले पोलिटब्युरो सदस्यमा पराजित तिमिल्सिनाको गुनासो पनि उस्तै छ । ‘भाँडिएर नहुने अवस्थामा हालै जिम्मा लिएर महाधिवेशन सम्पन्न गराइयो । उहाँहरूले लगाएका काम खुरुखुरु गरियो । काम गरेबापत् पुरै चिट बाँडेर हराउनु पो रहेछ । यो चुनाव खारेज भयो भने एसमा बसिएला । नत्र बस्नुको औचित्य भएन ।’
उनीहरूको सामूहिक भनाइ थियो, ‘केशवलाल श्रेष्ठ, उर्वादत्त पन्त, विरोध खतिवडा सबैलाई छानीछानी हराइयो । अनि पार्टी बन्छ ? उहाँहरूसँग गएर पनि कुरा गर्न सक्नुहुन्छ ।’ यी थिए प्राविधिक पक्ष र गुनासाका पोका । अब उनीहरूको कदम के हुन्छ त ?
बाटो ‘बदल्ने’ निश्चित !
आधाआधी राजनीतिक जीवनकालमा दुई–दुई पटक एमालेसँग विद्रोह कति साबित भयो ? प्रश्न चुहिन नपाउँदै किसानले झाँक्रीलाई उछिनेर जवाफ दिए, ‘माले गठन हुँदा राष्ट्रियताको मुद्दा थियो । पार्टी निर्माणको औचित्य थियो । नेकपा (एस) गठनका लागि गरिएको विद्रोहको औचित्य पुष्टि गर्न सकिएन । माधवकुमार नेपालले सधैं उधारो प्रधानमन्त्री पाएर हामीलाई भुलाउने काम गर्नुभएको रहेछ । अहिलेको हाम्रो बुझाइ यही हो ।’
केपी ओलीले ३ वर्षअघि दुई–दुई पटक संसद् विघटन गर्दा संविधान, संघीयता समाप्त हुन्छ भन्ने बुझाइ नै अहिले गलत सावित भएको किसानले तर्क पेश गरे । ‘केपी कमरेडले दुई–दुई पटक संसद् विघटन गर्दा संविधान, संघीयता समाप्त पार्न खोजियो भनेर माधवकुमार नेपालले हामीलाई भन्नुभयो । हामीले हो भन्यौं । ओलीको त्यो नियत रहेनछ भन्ने पुष्टि अहिले भएको छ ।’
जस्तो २०७९ पछिको चुनावी परिणामपछि माओवादी, नेकपा (एस) लगायतसँग दुई पटक र अहिले कांग्रेससँग सत्ता समीकरण गरेको व्यवहारले संघीयता, संविधान समाप्त पार्न खोजिएको रहेनछ भन्नेमा छर्लङ्ग भइयो । बरु माधवकुमार नेपालले उधारो प्रधानमन्त्री पाएर पार्टी विभाजन गरिएको र समाजवादी मोर्चा बनाएको रहेछन् भन्ने पुष्टि हुँदै गएको छ ।’
एमालेमा हुँदा १५ वर्ष र पार्टी विभाजनपछि बनेको नेकपा (एस)को ३ वर्ष गरी १८ वर्षमा एक वर्ष मात्रै माधवकुमार नेपालको नेतृत्वलाई छोडिएको सिंहावलोकन गर्दै झाँक्रीले भनिन्– ‘माधवकुमार नेपालको नेतृत्वलाई १७ वर्ष निरन्तर स्वीकारेर साथ दिएकी छु । नेतृत्व हो, केही कमीकमजोरीहरू हुन्छन्, तर सच्याउँदै जाने भन्ने हो । तर, अहिले माधवकुमार नेपालमा सच्चिने ठाउँ कहीँ देख्दिनँ ।’
अबको विकल्पबारे झाँक्रीले भनिन्– ‘जहाँ जुन कुराको लागि लागियो, त्यो कुराको औचित्य पुष्टि गर्न सकिएन । औचित्य पुष्टि गर्न बाटो बदल्नु पर्छ । बाटो बदल्नुको अर्थ गन्तव्य बदल्ने भनेको होइन । अहिले ठीक त्यही ठाउँमा उभिएका छौँ ।’
पुरानो घर अर्थात् एमालेलाई कसरी सम्झनु हुन्छ ? जवाफमा झाँक्रीले ‘एमाले सांस्कृतिक रूपमा विकास’ भइसकेको पार्टी भएको बताइन् । उनको उदाहरण थियो– ‘कतिपय मुस्लिम साथीहरू राखी बाँध्न मसँग आउनुहुन्छ । दशैंमा सबैले रातो, सेतो टीका लगाइन्छ । अहिले एमाले यस्तै सांस्कृतिक रूपको ठूलो विकास भएको पार्टी बनेको रहेछ भन्ने यो ३ वर्षको भोगाइले अनुभूति गराएको छ । एमालेको यो सकारात्मक पुँजीलाई प्रगतिशील बनाएर रूपान्तरण गर्न सकिन्छ र सम्भावना पनि छ ।’ एमालेसँग विद्रोह गर्दा जेजस्ता आरोप प्रत्यारोप भए पनि यतिखेर झाँक्रीले भनिन्– ‘हामीले एमाले छोडेकै ३ वर्ष भइसक्यो । अहिले एमाले यस्तो–उस्तो भनेर टिप्पणी गर्ने अधिकारै छैन ।’
एमालेसँग मिल्नुपर्छ भन्नेहरूलाई पार्टी सदस्यले नरुचाएर छानीछानी भोट दिएनन् भनिन्छ नि भन्ने अर्को प्रश्नमा झाँक्री र किसानले सामूहिक रूपमा जवाफ दिए– ‘उहाँहरू उधारो प्रधानमन्त्रीमा सहमति गर्दै जाने र पार्टी सक्ने । हामीले एमालेमा जाऔं कहिले भनेका छौं ? अहिले उहाँहरूको भजनमण्डलीले भन्ने भाष्य हो यो । हामीले पार्टी बनाऔं, एमालेभन्दा हामी कसरी फरक हुने ? सानै पार्टी भए पनि पार्टीमा विधि, पद्धति बसालौं भनेर रचनात्मक प्रस्ताव राख्दा यस्तो आरोप लगाइएको मात्रै हो । यो त अहिलेको चुनावी परिणामले नै पुष्टि गरेको छ । कतिसम्म भने सांसद हुनु मन्त्री बन्न मात्रै हो भनेर व्यक्तिगत रूपमा चरित्र हत्या गर्नेसम्म काम भएका छन् । अनि पार्टी चल्छ ?’
कुनै दिन एमालेभित्र रहँदा घनश्याम भुसाललाई वैचारिक तथा मार्क्सवादी अध्येता भनेर उपमा दिइन्थ्यो । जसको ‘स्कुलिङ’की सक्रिय सदस्य हुन् झाँक्री । तपाईं त घनश्याम भुसालको मार्क्सवादी ‘स्कूलिङ’बाट बेस्सरी प्रशिक्षित हो, नेपाली समाजको चरित्रलाई बुझ्न सक्नु भएन ? जवाफमा झाँक्रीले भनिन्– ‘नेपाली समाजको चरित्रलाई बुझ्ने र बदल्ने औजार भनेका विचार, संगठन, संघर्षका नीति हुन् । अहिले शान्तिपूर्ण ढंगबाट अघि बढ्न संसदीय व्यवस्थामै छौं, प्रतिस्पर्धा गर्यौं । तर, भएका जनप्रतिनिधिहरूलाई त्यस्तो कुनै नीति दिइएको छैन । बरु अपमान गर्ने काम मात्रै भएको छ । यसलाई कसरी मार्क्सवादी भन्न सकिएला र ?’
आफू कति मार्क्सवादी हुँ भन्न नसकिने, तर निराशा नभई परको क्षितिज हेरेर राजनीति गरिरहेको झाँक्रीले बताइन् । सांसद पद जाने डरले मात्रै किसान एमालेमा प्रवेश नगरेको भन्ने छ नि बजार हल्ला ? किसानले जवाफमा भने– ‘पदको लोभ छैन । मैले कलम चिन्ह लिएर मात्रै जितेको होइन । जनताले जिताएका हुन् । कलममा कति भोट आएको छ भनेर देशैभरिको परिणाम हेरे छर्लङ्गै हुन्छ । एमालेमा जाने के गर्ने भन्ने निर्णय हुने दिन हामी खबर गर्छौं ।’
नेकपा (एस) गठनका संस्थापक सदस्यहरू पछिल्लो पटक निराशा, आक्रोशसहित उकुसमुकुसमा देखिन्छन् । पुराना योगदान भएका, रचनात्मक सुझाव, सल्लाह दिने र नयाँ पंक्तिलाई पार्टीमा पूर्णरूपले ढोका बन्द गरिएको निष्कर्षमा उनीहरू पुगेका छन् । अहिले नेकपा (एस)मा संस्थापन विरुद्धको ‘गुट’को नेतृत्व कसले गर्ने मूल व्यक्ति निर्धारण गरिएको छैन । नेकपा (एस) गठन गर्दाताका संस्थापनमध्ये धेरै एमालेमा फर्किसकेका छन् । बाँकी रहेकाहरू सामूहिक छलफलमा जुटेका छन् । ‘यही रूपमा पार्टी चल्दैन । रूपान्तरण हुने सम्भावना पनि कमै छ । हामीले सामूहिक निर्णय लिँदा अवश्य खबर गर्छौं’, हिँड्नेबेला किसानले भने ।
पदाधिकारी र पोलिटब्यूरो सदस्य चुनावपछिको पहिलो बैठकले चिट बाँडेको सम्बन्धमा छानबिन समिति गठन गरी समाधान गर्ने निर्णयबारे झाँक्रीले भनिन्– ‘यी सबै नाटक हुन् । त्यसो हो भने छानबिन समिति बाहिर स्वतन्त्र रूपमा गठन गरियोस् । अनि हामीहरूलाई छानबिनका लागि बयान लिइयोस् बल्ल सबै कुरा बाहिर आउँछन् । चिट बाँड्ने ती निमित्त पात्रहरूलाई किन छानबिन गर्ने बिचरा ?’
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...
मानिसहरू भन्छन्, जीबी राईले १६ अर्ब खायो । तर, मैले घरबाट निस्किएको दिन भात खान पनि पाइनँ । एक दाना स्याउको भरमा २४ घण्टा कटाएँ । काँकडभिट्टा पुगेपछि साह्रै तनाव भयो । त्यसपछि खाली पेटमा ए...
यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...