१७ असार २०८३, बुधबार

एआईजी ज्ञवालीसहितको रिटमा भएन अन्तरिम आदेश, अग्राधिकार प्रदान

भदौ २०, २०८१
काठमाडौं
एआईजी ज्ञवालीसहितको रिटमा भएन अन्तरिम आदेश, अग्राधिकार प्रदान

अवकाशमा जना लागेका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीसहितका प्रहरी अधिकृतहरूको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले बिहीबार उक्त रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । उक्त रिटलाई अग्राधिकार भने प्रदान गरिएको छ ।

दर्जाअनुसार विभिन्न उमेरमा हुने अवकाश कार्यान्वयन नगर्न माग गर्दै एआईजी श्यामलाल ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्सपेक्टर नागेन्द्र ठाकुरले  सर्वोच्चमा रिट दायर गरेका थिए ।​​

पद अनुसारको उमेरहदका कारण उनीहरू अनिवार्य अवकाशमा जाँदैछन् ।

प्रहरी किताबखानाले उनीहरूलाई अवकाशको पत्रसमेत पठाइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्