१५ असार २०८३, सोमबार

केन्याको एउटा विद्यालयमा आगलागी हुँदा १७ बालबालिकाको मृत्यु

भदौ २१, २०८१
काठमाडौं
केन्याको एउटा विद्यालयमा आगलागी हुँदा १७ बालबालिकाको मृत्यु

मध्य केन्याको एउटा विद्यालयको छात्रावासमा आगलागी हुँदा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको छ । न्येरी काउन्टीको हिलसाइड एन्डारासा एकेडेमीमा करिब मध्यरातमा आगलागी भएको हो । 

आगलागीको समयमा बालबालिकाहरू सुतिरहेका थिए । आगलागीबाट केही विद्यार्थी घाइते भएका छन् ।

घटनास्थलमा फेला परेका शव चिन्न नसकिने गरी जलेका छन् । घटनास्थलमा थप शव फेला पर्ने सम्भावना छ। 

आगो के कारणले लागेको हो भन्नेबारे थाहा नभएको त्यहाँको प्रहरीले जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्