२६ जेठ २०८३, मंगलबार

अफगानिस्तानमा एक लाखभन्दा बढी लागुऔषध प्रयोगकर्ता अस्पतालमा भर्ना

भदौ २३, २०८१
काठमाडौं
अफगानिस्तानमा एक लाखभन्दा बढी लागुऔषध प्रयोगकर्ता अस्पतालमा भर्ना

अफगानिस्तानमा एक लाख २२ हजार लागुऔषध प्रयोगकर्ताहरू अस्पतालमा भर्ना भएका छन् । 

अफगानिस्तान काउन्टर–नार्कोटिक पुलिसले विगत तीन वर्षमा ७८ हजार अपरेशन सञ्चालन गरेको थियो । अफगानिस्तानको काउन्टर नार्कोटिक्स पुलिस (सिएनपिए) नेशनल पुलिसको कमान्डअन्तर्गत मुलुकमा लागूऔषधसँग सम्बन्धित अनुसन्धान र अपरेसनहरू सञ्चालन गर्ने विशेषज्ञ बल हो । यसमा २० हजार लागुऔषध संदिग्धहरू पक्राउ परेका देशको काउन्टर नार्कोटिक्स विभागका उपप्रमुख मुल्लाह अब्दुल हक हमकरले बताए । 
       हमकरका अनुसार अफगानिस्तान काउन्टर नार्टोटिक पुलिसले पनि यस अवधिमा देशभर एक हजार चार सय ५० लागुऔषध प्रयोगशाला र ३७ हजार अफिम खेती नष्ट गरेको छ ।

अफगानिस्तानको कार्यवाहक सरकारले लागुऔषधको खतरा हटाउन अफिम खेती, लागूपदार्थको प्रशोधन र लागूऔषध ओसारपसारमा प्रतिबन्ध लगाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्