
विश्वकप लिग दुई अन्तर्गतको त्रिदेशीय श्रृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । लिग क्यानडामा हुने छ ।
जसअनुसार सन्दीप लामिछाने १२ महिना पछि एकदिवसीय टोलीमा फर्किएका छन् । यस्तै टोलीमा आसिफ सेख, अर्जुन साउद, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण के.सी., गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी र देव खनाल रहेका छन् । श्रृङ्खलामा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् ।
प्रतियोगिता यही भदौ ३१ देखि असोज १० गतेसम्म हुनेछ ।