
नेकपा (माओवादी केन्द्र)को विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा त्रिदीप गुरुङ निर्वाचित भएका छन् ।
यही भदौ २३ गतेदेखि पोखरामा शुरू भएको दोस्रो प्रदेश सम्मेलनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको आज बिहान सार्वजनिक मतपरिणामअनुसार गुरुङ एक सय ३७ मतसहित विजयी बनेका हुन् ।
उनका प्रत्यासी रामकृष्ण भट्टले ७१ मत प्राप्त गरेका थिए ।
खुला उपाध्यक्षमा वसन्त भट्टचन (कास्की), सरोजवल्लभ भट्टराई (गोरखा), अशोक मरहठ्ठा (गोरखा) विजयी बनेका छन् ।
यसैगरी समावेशी उपाध्यक्षमा कुलबहादुर बुढा (बागलुङ) र महिला उपाध्यक्षमा सीता बराल(तनहुँ) निर्विरोध निर्वाचित बनेका छन् ।
प्रमुख सचिवमा सुजन बाँस्तोला (कास्की) तथा सचिवमा खुलातर्फ प्रदीप ढकाल (गोरखा), विशद उपाध्याय(नवलपुर) र सन्दिप महतो(नवलपुर) निर्वाचित भएका छन् ।
महिला सचिवमा जुना गुरुङ (लमजुङ), समावेशीमा दुर्गा विक (लमजुङ) र कोषाध्यक्षमा अनिल सुनार(बागलुङ) निर्विरोध हुनुभएको निर्वाचन समितिका संयोजक अधिवक्ता निर्मला क्रान्तिले जानकारी दिइन् ।
क्रान्तिकारीको प्रदेश समिति ७५ सदस्यीय रहेको छ ।
सम्मेलनले ६५ सदस्य निर्वाचित गरेको र बाँकी १० जना मनोनीत गरिने निवर्तमान अध्यक्ष सुदिन पौडेलले जानकारी दिए ।
निर्वाचन समिति सदस्यमा विपिन आचार्य र अमरदीप पराजुली रहेका छन् ।