०५ साउन २०८३, मंगलबार

एमजीले सार्वजनिक गर्‍यो स्मार्ट सीयूभी एमजी विन्डसर

भदौ २७, २०८१
काठमाडौं
एमजीले सार्वजनिक गर्‍यो स्मार्ट सीयूभी एमजी विन्डसर

एमजी मोटरले भारतकै पहिलो स्मार्ट सीयूभी ‘एमजी विन्डसर’ सार्वजनिक गरेको छ । 

भारतको पहिलो क्रसओभर युटिलिटी भेहिकलको लन्च गर्दा अटोमोटिभ उद्योगमा ठूलो प्रभाव परेको कम्पनीले दाबी गरेको छ ।

‘एमजीले भारतको पहिलो स्मार्ट सीयूभी (क्रसओभर युटिलिटी भेहिकल) सार्वजनिक गरेर अटोमोटिभ उद्योगमा ठूलो प्रभाव पार्ने देखिएको छ । यो गाडीले सेडानको आराम र एसयूभीको व्यापकता मिलाएर नयाँ मानकहरू सेट गर्ने वाचा गरेको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

एमजी विन्डसर एरोग्लाइड डिजाइनमा डिजाइन गरिएको छ, जसले अत्याधुनिक एरोडाइनामिक्स र उत्कृष्ट डिजाइन टोनलाई समेटेको छ । यसको आफ्नो वर्गमा सबैभन्दा ठूलो ह्वीलबेस रहेको कम्पनीले दाबी गरेको छ । ‘यो कारमा १८ इन्चको डाइमन्ड कट अलोय ह्वील छ, जसले यसको आकर्षक लुक र यात्रा गुणस्तरलाई बढाउँछ,’ कम्पनीले भनेको छ । 

यो गाडीले सहज ड्राइभिङ अनुभवको लागि उच्च ग्राउन्ड क्लियरेन्स प्रदान गर्ने कम्पनीको दाबी छ । यो कारले भारतका चुनौतीपूर्ण स्थानका कठोर परीक्षण सफलतापूर्वक पूरा गरेको बताइएको छ । 

एमजी विन्डसरको प्रमुख विशेषतामा यसको सेगमेन्ट प्रथम १५.६ इन्चको ग्रान्ड भ्यू टच डिस्प्ले छ, जसले मनोरञ्जन, नेभिगेसन, र गाडीका सेटिङहरूको केन्द्रको रूपमा काम गर्दछ । यो विशाल टचस्क्रीनले गाडीको इनकार अनुभवलाई पुनः परिभाषित गर्दै गाडीलाई स्थिर हुँदा मनोरञ्जन, खेल, र सिकाइको केन्द्रमा परिणत गर्ने बताइएको छ ।  

एमजी विन्डसरमा इन्फिनिटी भ्यू ग्लास रूफ पनि छ, जसले प्यानोरामिक दृश्य प्रदान गर्छ । यसले क्याबिनको सौन्दर्यतालाई बढाउँछ र प्रशस्त हावा लागेको अनुभव सिर्जना गर्छ । यो लक्जरी विशेषताले यात्रुहरूलाई व्यस्त शहरी क्षेत्रमा वा शान्त ग्रामीण क्षेत्रमा आफ्ना वरिपरिका दृश्यसँग अविच्छिन्न सम्पर्क राख्न मद्दत गर्छ । 

‘यात्रुहरूको आरामलाई थप उचाइमा पुर्याउन एमजी विन्डसरले १३५ डिग्री रेक्लाइन एंगलसहितको एरोलाउन्ज सिट्स ल्याउँछ, जसले कुनै पनि यात्रामा उत्तम विश्रामको लागि डिजाइन गरिएको छ । यो विशेषता लक्जरीलाई व्यावहारिकतासँग जोड्दै यात्रा अनुभवलाई सुधार्ने छ,’ कम्पनीले दाबी गरेको छ ।

एमजी मोटर इन्डियाले यो नयाँ सीयूभी सार्वजनिक गरेसँगै यो विद्युतीय कार नेपाली बजारमा आउने चर्चा शुरू भएको छ । नेपालमा एमजी मोटरको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स प्रालिले नेपालमा एमजी विन्डसर आउने सम्भावना रहेको जनाएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्