१५ असार २०८३, सोमबार

महाकाली नदीमा दाउरा सङ्कलन गर्ने क्रममा १ जनाको मृत्यु, १ किशोर बेपत्ता

भदौ २९, २०८१
कञ्चनपुर
महाकाली नदीमा दाउरा सङ्कलन गर्ने क्रममा १ जनाको मृत्यु, १ किशोर बेपत्ता

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका छन् ।

महाकाली नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा दुई किशोर बगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर थापाले जानकारी दिए ।

उनका अनुसार आज बिहान भीमदत्त–१२ का १८ वर्षीय सौरभ दमाईं र सोही ठाउँका १५ वर्षीय अबी दमाईं दाउरा सङ्कलन गर्ने क्रममा महाकाली नदीमा बगाएको हो । 

तीमध्ये सौरभको शव फेला परेको छ । दोधारा चाँदनी झोलुङ्गे पुल नजिक महाकाली किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

महाकालीमा बगेका अर्का किशोर अबीको अवस्था अज्ञात छ । स्थानीय र सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन् ।​​

लगातारको वर्षापछि महाकालीमा पानीको बहाव बढी भएकाले नदीको किनारैकिनार किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्