
धादिङको गल्छी गाउँपालिका-८ मा आँखा जाँच तथा दुई दिने शल्यक्रिया शिविर सम्पन्न भएको छ ।
धनयोगा फाउन्डेसन, नेपालको आर्थिक र दृष्टि आँखा अस्पतालको प्राविधिक सहयोग तथा गल्छी गाउँपालिकाको सहजीकरणमा दुई दिने शिविर सम्पन्न भएको हो ।
भदौ २८ र २९ गते सम्पन्न शिविरमा १०२ जनाले आँखाको नि:शुल्क शल्यक्रिया गराएका छन् । शिविरमा धादिङको गल्छी र थाक्रे तथा नुवाकोटको तारकेश्वर गाउँपालिका र बेलकोटगढी नगरपालिकाका मोतियाविन्दुका बिरामीको नि:शुल्क शल्यक्रिया गरिएको थियो ।
नुवाकोट र धादिङमा आगामी दिनमा पनि यस्तै कार्यक्रम आवश्यक देखिएको फान्डेसनकी अध्यक्ष स्मृति शर्मा तिवारीले बताइन् ।