०५ साउन २०८३, मंगलबार

सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

भदौ ३१, २०८१
काठमाडौं
सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको मूल्य हालसम्मकै उच्च हो । 

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सयले वृद्धि भई कीर्तिमान कायम गरेको छ । 

महसङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख ५७ हजार तीन सय निर्धारण भएको छ जबकि आइतबार प्रतितोला १ लाख ५६ हजार ८ सयमा कारोबार भएको थियो । 

त्यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय १५ निर्धारण भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्