१० असार २०८३, बुधबार

काठमाडौं उपत्यकामा पनि सहकार्यका लागि विश्व बैंकलाई उपप्रधानमन्त्री सिंहको आग्रह

भदौ ३१, २०८१
काठमाडौं
काठमाडौं उपत्यकामा पनि सहकार्यका लागि विश्व बैंकलाई उपप्रधानमन्त्री सिंहको आग्रह

उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको विकासमा पनि सहकार्य गर्न विश्व बैंकका उच्च अधिकारीसँग आग्रह गरेका छन् ।

सोमबार भएको विश्व बैंकका उच्च अधिकारीसँगको भेटमा सिंहले यस्तो आग्रह गरेका हुन् ।

शहरी विकास मन्त्रालयमा सोमबार बिहान भएको भेटमा विश्व बैंकसँगको सहकार्यमा शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालित नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाका विषयमा छलफल भएको थियो ।

भेटमा उपप्रधानमन्त्री सिंहले काठमाडौं उपत्यकामा विश्व बैंकको सहकार्यमा मन्त्रालयले काम गर्न चाहेको भन्दै सहकार्यका लागि आग्रह गरेका थिए ।

‘विश्व बैंकले काठमाडौं उपत्यकामा पनि यसपटक कुनै आयोजनामा काम गरोस् । उपत्यकामा काम गर्दा त्यसको सन्देश देशभर जान्छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘काठमाडौं उपत्यकाका नदीनाला व्यवस्थित गर्ने, सांस्कृतिक शहरका रूपमा उपत्यकालाई विकास गर्ने, जलवायु परिवर्तन र पूर्वाधार विकासका क्षेत्रमा सहकार्यका लागि मन्त्री सिंहले जोड दिए ।

सो क्रममा विश्व बैंककी नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि अपरेसन म्यानेजर प्रीति अरोराले नयाँ प्रोजेक्टमा उपत्यकामा काम गर्ने उपप्रधानमन्त्री सिंहको प्रस्तावमा सकारात्मक रहेको बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्