
कोशी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
असोज २ गते बुधबार झाँगड (उराव) पर्वको अवसरमा बिदा दिइएको हो ।
कोशी प्रदेश सरकारको निर्णयअनुसार झाँगड (उराव) समुदायको चाड करम पूजाको अवसरमा कोशी प्रदेशभर बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कमलबहादुर थापाले जानकारी दिए ।