२६ जेठ २०८३, मंगलबार

एनआरएन विवादमा मिसिल झिकाउन सर्वोच्चको आदेश

भदौ ३१, २०८१
काठमाडौं
एनआरएन विवादमा मिसिल झिकाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को आधिकारिकता विवादमा अहिलेसम्म भएका अदालतका आदेशको मिसिल झिकाउने आदेश गरेको गरेको छ ।

न्यायाधीश बालकृष्ण ढकालको इजलासले आज एनआरएनको महाधिवेशनका सम्बन्धमा अदालतबाट भएको आदेशसहितका मिसिल झिकाई अवलोकनका लागि साथै दुवै पक्षलाई झिकाउन भनिएको छ ।

एनआरएनका राजेन्द्रकुमार शर्मा पक्षले दायर गरेको रिट निवेदनमा आफू आधिकारिक भएको दाबी गर्दै यही भदौ २६ गते रिट निवेदन दायर गराएका थिए ।

एनआरएनको महाधिवेशनपछि पदाधिकारी विवादमा सर्वोच्चद्ये यसअघि दुई वटा फैसला सुनाइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्