२३ जेठ २०८३, शनिबार

मेटमणि चौधरीलाई कारबाही गर्न माग गर्दै झलनाथ खनालको विज्ञप्ति

भदौ ३१, २०८१
काठमाडौं
मेटमणि चौधरीलाई कारबाही गर्न माग गर्दै झलनाथ खनालको विज्ञप्ति

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीका उपमहासचिव मेटमणि चौधरीलाई कारबाही गर्न माग गरेका छन् । 
उनले सोमबार एक विज्ञप्ति जारी गर्दै  ‘कालापानी, लिम्पियाधुरा र लिपुलेख जस्ता भूभागहरु भारतकै हुन्’ भनेर टेलिभिजन अन्तरवार्ता दिने चौधरीलाई कारबाही गर्न माग गरेका हुन् । 

‘आफ्नो मातृभूमिप्रति अलिकति पनि माया र सहानुभूति भएको कुनै सामान्य नागरिकबाट पनि यति तल्लो स्तरको राष्ट्रघाती र देशद्रोही अभिव्यक्तिको कल्पना पनि गर्न सकिन्न । अझ हामै पार्टीको “उपमहासचिव” र वहालवाला “सांसद” बाट यस्ता अभिव्यक्ति आउनु गम्भीर भन्दा गम्भीर अक्षम्य आपत्तिको विषय बनेको छ’, खनालको विज्ञप्तिमा भनिएको छ । 

उनले अगाडि भनेका छन्। ‘अविलम्ब यस्ता व्यक्तिहरूलाई कडा कारबाही गर्न, यस्ता दूषित तत्वहरूबाट हाम्रो जस्तो क्रान्तिकारी र देशभक्त पार्टीलाई मुक्त बनाउन र पार्टीलाई एउटा स्वच्छ, दृढ, देशभक्त र समाजवादी पार्टीका रुपमा स्थापित गर्न म पार्टी नेतृत्व पंक्ति समक्ष जोडदार माग गर्दछु ।’
 

salt training

कमेन्ट गर्नुहोस्