२२ असार २०८३, सोमबार

कैलाली कारागारमा थुुनुवाको मृत्यु

असोज १, २०८१
काठमाडौं
कैलाली कारागारमा थुुनुवाको मृत्यु

कैलाली कारागारमा एक जना थुनुवाको मृत्यु भएको छ ।

हाडनाता करणी मुद्दामा कारागार चलान भएका घोडाघोडी नगरपालिका-४ का २३ वर्षीय दीपक विकको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

दिउँसो साढे ३ बजे कारागारको शौचालयमा लडेको अवस्थामा भेटिएका विकको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको कार्यालय कैलालीका डीएसपी कविन्द्रसिंह बोहोराले जानकारी दिए ।

उनका अनुसार विकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।


 

salt training

कमेन्ट गर्नुहोस्