०२ साउन २०८३, शनिबार

उपसभामुख राना रुसी महासङ्घ प्रस्थान

असोज १, २०८१
काठमाडौं
उपसभामुख राना रुसी महासङ्घ प्रस्थान

उपसभामुख इन्दिरा राना संयुक्त अरब इमिरेट्सको दुवई प्रस्थान गरेकी छिन् । त्यहाँबाट रुसको राजधानी मस्को हुँदै सेन्टपिटर्सवर्ग पुग्ने छिन् ।​ 

यही असोज २ देखि ४ गतेसम्म रूसको सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुने सिलसिलामा दुवई प्रस्थान गरेकी हुन् ।

रुसी महासङ्घ र इन्टरपार्लियामेन्ट्री एसेम्बली अफ द कमनवेल्थ अफ इनिडपेन्डेन्ट स्टेट्सले आयोजना गरेको फोरमलाई उनले असोज ३ गते सम्बोधन गर्ने कार्यक्रम रहेको उपसभामुखको निजी सचिवालयले जनाएको छ ।

उनी असोज ५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

salt training

कमेन्ट गर्नुहोस्