२३ जेठ २०८३, शनिबार

विज्ञान–प्रविधिको अनुसन्धान र नवप्रवर्तनका लागि १ अर्बको कोष स्थापना गरिने

असोज १, २०८१
काठमाडौं
विज्ञान–प्रविधिको अनुसन्धान र नवप्रवर्तनका लागि १ अर्बको कोष स्थापना गरिने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विज्ञान र प्रविधिको अनुसन्धान र नवप्रवर्तनका लागि सरकारले एक अर्ब रुपैयाँको विशेष कोष स्थापना गर्ने बताएकी छिन् ।  

मन्त्रालयको आयोजनामा मंगलवार मनाइएको १२ औँ राष्ट्रिय विज्ञान दिवसको कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।    

मन्त्री भट्टराईले वर्तमान युग विज्ञान प्रविधिको युग भएकाले यस युगको महिमा कायम गर्न नेपालका समस्त वैज्ञानिकले आधुनिक प्रविधि र रैथाने प्रविधिलाई एकसाथ प्रवर्द्धन गरी  राष्ट्रिय उत्पादन बढाउनु पर्नेमा जोड दिइन् । उनले विद्यार्थीलगायत सबैमा डिजिटल साक्षरता विकास गर्न आवश्यक रहेको बताइन् । 

मन्त्री भट्टराईले अनुसन्धानलाई उत्पादनसँग जोडी विज्ञान प्रविधिको माध्यमबाट दिगो पूर्वाधारको विकास गरेर विज्ञान प्रविधि तथा नवप्रवर्तनलाई समुदाय र समाजको अङ्ग बनाउन सके विज्ञान दिवस मनाउनुको सार्थकता पुष्टि हुने धारणा राखिन् । 

सो अवसरमा उनले विज्ञान र प्रविधिको अनुसन्धान तथा नवप्रवर्तनका लागि विशेष कोषको स्थापना गरी सञ्चालन गर्न देशको बजेटको दुई प्रतिशत रकम छुट्याउने नीति सरकारले ल्याएको जानकारी दिइन् । 

साथै मन्त्री भट्टराईले वार्षिक पुँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान र विकासका लागि छुट्याएर एक अर्ब रुपैयाँको अनुसन्धान र विकास कोष स्थापना गरिने उल्लेख गरिन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्