
सामसङले ‘भव्य दशैं तिहार, घरभरि उपहार’ योजना सार्वजनिक गरेको छ ।
चाडपर्वको अवसरमा आगामी कार्तिक ३० गतेसम्म चल्ने अफरको साथ खुशीको माहोललाई अझ भव्य बनाउने कम्पनीको विश्वास छ ।
यो अफरद्वारा ग्राहकहरूले ३१ प्रतिशतसम्मको छुटमा नवीनतम सामसङ टीभी र घरेलु उपकरणहरू खरिद गर्न सक्नेछन् ।
चुनिएका सामसङ टीभीहरू खरिद गर्दा १२ महिनासम्मको निःशुल्क वर्ल्डलिङ्क इन्टरनेट र नेटटिभी सब्स्क्रिप्सन पाउने र चुनिएका सामसङ फ्रन्ट लोड वाशिङ मेसिनको खरिद गर्दा निःशुल्क ६ केजी सर्फ एक्सेल म्याटिक पाउनेजस्ता आकर्षक उपहारहरूको लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ ।
यी चाडपर्वका अफरहरू हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालित सामसङको इन्स्टा फाइनान्स सेवाबाट प्राप्त गर्न सकिनेछ ।
यस्तै, ग्राहकले १८ महिनासम्मको विस्तारित अवधिका लागि शून्य प्रतिशत ब्याज ईएमआईमा नवीनतम सामसङ टीभीहरूको खरिद गर्न सक्नेछन् ।
नागरिकता मात्र लिएर इन्स्टा फाइनान्स लिन सकिन्छ।