
सिराहामा पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कर्जन्हा नगरपालिका ४ बस्तिपुरका सुमित लामाको ३ वर्षिय छोरा ३ नुरगेन लामाको सोही ठाउँको पोखरीमा डुबेर मंगलबार अपरान्ह मृत्यु भएको छ।
डुबेर बेहोस भएका उनको कर्जन्हास्थित फुलकुमारी मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।
यसैगरी जिल्लाकै औरही गाउँपालिका ५ मा रहेको सार्वजनिक पोखरीमा डुबेर स्थानीय सजिबुल खानकी ३ वर्षिया छोरी अलिया खातुनको मंगलबार अपरान्ह मृत्यु भएको छ।
नुहाउने क्रममा पोखरीमा डुबेर बेहोस भएकी उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाईय रहेको छ।