२८ जेठ २०८३, बिहीबार

नेपाल ट्रष्टका नाममा रहेका जग्गा संरक्षण गर्छौं: मन्त्री अधिकारी

असोज १, २०८१
काठमाडौं
नेपाल ट्रष्टका नाममा रहेका जग्गा संरक्षण गर्छौं: मन्त्री अधिकारी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नेपाल ट्रष्टका नाममा रहेका जग्गा संरक्षण गर्न खोजीकार्य थालनी गरेको बताएका छन् । 
    
आज भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टका नाममा रहेको एक सय आठ रोपनी जग्गाको निरीक्षणपछि उनले सरकारले ट्रष्टको स्वामित्वमा रहेका देशभरका जग्गा खोजी गरी संरक्षण कार्य सुरु गरेको बताए ।
    
मन्त्री अधिकारीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित विद्यालय, कलेज, अस्पताललगायतको अवलोकन गर्नु भई भौतिक अवस्थिति र शैक्षिक अवस्थाबारे जानकारी लिए । उनले भक्तपुर दरबार क्षेत्रस्थित सांस्कृतिक एवं ऐतिहासिक महत्वका सम्पदाको पनि अवलोकन गरेका थिए । 
    
भक्तपुर नगरपालिका प्रमुख सुनील प्रजापतिले जनताको सुखदुःखमा सबैभन्दा नजिक रहेको स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्