२१ जेठ २०८३, बिहीबार

छुट्टाछुट्टै स्थानमा डुबेर दुई जनाको मृत्यु

असोज ३, २०८१
काठमाडौं
छुट्टाछुट्टै स्थानमा डुबेर दुई जनाको मृत्यु

महोत्तरीमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पिपरा गाउँपालिका-१ खैरवा गाउँस्थित ननु पोखरीमा डुबेर एक जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा गाउँपालिका-१ खैरा बस्ने अजय राउतका छोरा ८ वर्षीय धिरज राउत रहेका छन् । उनको बुधबार दिउँसो डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

यसैगरी सिन्धुलीको कमलामाई नगरपालिका-६ पानी ट्यांकीमा डेरा गरी बस्ने १९ वर्षीय लालबहादुर खपाङ्गीको पनि मरिण खोलामा डुबेर ज्यान गएको छ । गोलन्जोर गाउँपालिका-५ खनियाखर्क घर भएका उनको बुधबार दिउँसो कमलामाई नगरपालिका-२ स्थित मरिण खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्