११ साउन २०८३, सोमबार

संसद् भवन अगाडिबाट ७ जना पक्राउ

असोज ३, २०८१
काठमाडौं
संसद् भवन अगाडिबाट ७ जना पक्राउ

नेपाल प्रहरीले नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडिबाट ७ जनालाई नियन्त्रणमा लिएको छ । संविधानको विरोधमा प्रदर्शन गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ परेकालाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । सरकारले बिहीवार (असोज ३ गते) संविधान दिवस मनाइरहेका बेला असन्तुष्ट पक्षहरूले विरोध प्रदर्शन गरिरहेका छन् । 

संविधान दिवसका अवसरमा नागरिकस्तरबाट बिहीवार साँझ ४ बजे दरबारमार्गमा 'नेसनल डे कन्सर्ट' आयोजना हुँदैछ ।
 

salt training

कमेन्ट गर्नुहोस्