
काठमाडौं उपत्यकाका दुई फरक ठाउँमा दुई पुरुष मृत भेटिएका छन् । काठमाडौंको टोखा नगरपालिका–३ पन्चेटारमा ६२ वर्षीय शोबिलाल श्रेष्ठ मृत भेटिएका हुन् । उनी पन्चेटारकै कुलोमा बिहीबार मृत भेटिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी ललितपुरको गोदावरी नगरपालिका–९ चुन्निखेल छम्पीमा पनि एक पुरुष मृत भेटिएका छन् ।
ललितपुरको छम्पी बस्ने ५७ वर्षीय मधु सुदन नेपाली सोही ठाउँको बुग्मती कुलोको गोरेटो बाटोमा मृत भेटिएको प्रहरीले जनाएको छ । दुवै घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
यसैगरी, कञ्च्नपुरको बेदकोट नगरपालिका-३ भम्कास्थित सडक छेउमा एक जना मृत भेटिएका छन् । सोही ठाउँ बस्ने डडेलधुरा आलीताल गाउँपालिका-७ घर भएका ४१ वर्षीय जोगी महरा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै, दैलेखको भैरवी गाउँपालिका-४ लिउडा बस्ने ६७ वर्षीय नरेश्वर जैसी सोही गाउँपालिका-४ बालिकाँडामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका-१४ बिजयनगर टोल बस्ने ५१ वर्षीय देबवप्रसाद रिमाल सोही ठाउँस्थित खरबारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् को प्रहरीको भनाइ छ ।
यसैगरी धनुषाको, लक्ष्मिनियाँ गाउँपालिका-१ सोहनि टोल बस्ने ७० वर्षीया दलतिया देवी महरा सोही ठाउँस्थित पोखरीमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् भने महोत्तरीको जलेश्वर नगरपालिका-९ पर्कौली चोकस्थित सडकमा नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष मृत भेटिएको प्रहरीले जनाएको छ ।
यसैगरी पर्वतको कुश्मा नगरपालिका-६ बान्द्रेवेणी नजिक रहेको कृष्ण मन्दिरको चौरको मञ्चमा पनि नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मृत फेला परेका छन् ।
यी सबै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।