०५ साउन २०८३, मंगलबार
सहकारी ठगी प्रकरण

ग्यालेक्सीबाट रविले खाए एक करोडभन्दा बढी तलब, जीबीको ३० लाख

असोज ४, २०८१
काठमाडौं
ग्यालेक्सीबाट रविले खाए एक करोडभन्दा बढी तलब, जीबीको ३० लाख

गोर्खा मिडिया नेटवर्कद्वारा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनबाट रवि लामिछानेले एक करोड रुपैयाँभन्दा बढी तलब लिएको खुलेको छ । 

तर हाल फरार रहेका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईले भने जम्मा ३० लाख मात्र तलब लिएको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । 

लामिछानेले आर्थिक वर्ष २०७८/७९ मा ७४ लाख ३६ हजार ५८७ र त्यसको अघिल्लो आवमा ३० लाख रुपैयाँ तलबबापत लिएका थिए । 

तर राईले भने २०७८/७९ मा मात्र ३० लाख तलब लिएको समितिको प्रतिवेदनमा उल्लेख छ । 

सहकारी ठगीको आरोप लागेका राई हाल फरार छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् । 

विभिन्न सहकारीमार्फत गोर्खा मिडियामा ६५ करोड रुपैयाँभन्दा बढी रकम ट्रान्सफर भएको तथ्य समितिले खुलासा गरेको छ । 

सोही रकमबाट लामिछानेले १ करोडभन्दा बढी तलब लिएका हुन् । 

गोर्खा मिडिया नेटवर्कमा तलबबापत २ आर्थिक वर्षमा १४ करोड ९३ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ । 

कमेन्ट गर्नुहोस्