१२ असार २०८३, शुक्रबार
संसदीय छानविन समितिको प्रतिवेदन

कुमार रम्तेलको बयान- मेरो नाममा १ करोड ९० लाखको कृत्रिम ऋण खडा गरे पनि ऋणी लामिछाने नै हुन्

असोज ४, २०८१
काठमाडौं
कुमार रम्तेलको बयान- मेरो नाममा १ करोड ९० लाखको कृत्रिम ऋण खडा गरे पनि ऋणी लामिछाने नै हुन्

गोरखा मिडिया नेटवर्कका सञ्चालक समितिका सदस्य एवं स्वर्णलक्ष्मी सहकारीका कोषाध्यक्ष कुमार रम्तेलले आफ्नो नाममा जीबी राईले कृत्रिम ऋण खडा गरेको बयान दिएका छन् ।

उनले सहकारी ठगी छानबिन विशेष समितिमा बयान दिँदै जीबीले नै आफूलाई स्वर्णलक्ष्मीमा कोषाध्यक्ष बनाएको बयानमा खुलाएका छन् ।​

सूर्यदर्शन सहकारीबाट २०७८ असार ३१ मा १४.७५ प्रतिशत ब्याजदर लिने गरी गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको नाममा एक करोड रुपैयाँ ऋण प्रवाह भएको देखिएको छ ।

पहिलो वर्षको १४ लाख ७५ हजार र दोस्रो वर्षको १६ लाख १३ हजार ७३० रुपैयाँ ब्याज गरी जम्मा एक करोड ३० लाख ८९ हजार रुपैयाँ चुक्ता नगरी गोरखा मिडिया नेटवर्कको नाममा ऋण कायम रहेको तथ्य समितिले फेला पारेको छ ।

समितिले रम्तेललाई सोधेको छ, ‘व्यक्तिको नाममा खडा भएको ऋण चुक्ता नगरी कसरी गोरखा मिडियाको नाममा ऋण कायम गरियो ? यो कानून सम्मत छ कि छैन ?’

जवाफमा रम्तेलले भने, ‘सूर्यदर्शनको मलाई थाहा भएन, सुप्रिमबाट मेरो नाममा करिब एक करोड ९० लाखको कृत्रिम ऋण खडा गरी ७ लाख किस्ता तिरिएको ऋणी रवि लामिछाने नै हुन् । १७ लाख किस्ता तिर्ने व्यक्ति छविलाल जोशी नै हुन् ।’

उनले सुप्रिम सहकारीका ऋणी पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नै हुन् भन्नेमा आफू एकिन रहेको बयानमा खुलाएका छन् ।

उनले रविको ऋण खाता वास्तविक हो वा कृत्रिम हो भन्नेबारे आफूलाई थाहा नभएको बताएका छन् । 

रविले बुटवल–नारायणगढ पदयात्रा गर्दा आफूले फोनमा गफ गरेको बयानमा खुलाएका छन् ।

‘रवि जतिबेला पदयात्रामा हुनुहुन्थ्यो, मैले दीपक बोहोराको मोबाइलमार्फत उहाँसँग कुरा गरेको थिएँ । मैले सहकारी चलाउने र ऋण लिनेमा तपाईँको कागजात र हस्ताक्षर नभएता पनि आजको स्थितिमा आउनुमा तपाईँको भूमिका छ भनेको थिएँ,’ रम्तेलले बयानमा भनेका छन्, ‘ग्यालेक्सी टीभीमा कम्तीमा पाँच वर्ष काम गर्ने सहमति भएको र नियमित किस्ता तिरिरहेको ८ महिनामै छाडेका कारण समस्या भयो भन्दा रविले यस विषयमा जीबी राईसँग कुरा भइसकेको भन्नुभएको थियो ।’

salt training

कमेन्ट गर्नुहोस्