०३ साउन २०८३, आइतबार

कतार पुगेर ओलीले भने– जहाँ भए पनि मन त नेपालमै छ

असोज ४, २०८१
काठमाडौं
कतार पुगेर ओलीले भने– जहाँ भए पनि मन त नेपालमै छ

प्रधानमन्त्री केपी शर्मा आलीले कतार पुगे पनि आफ्नो मन नेपालमै रहेको बताएका छन् ।

संविधान दिवसका अवसरमा बिहीवार साँझ काठमाडौंको दरबारमार्गमा भएको कन्सर्ट सम्झँदै उनले शुक्रवार बेलुका सामाजिक सञ्जालमा यस्तो बताएका हुन् ।   

एउटा ड्रोन भिडियो फेसबूकमा राख्दै उनले भनेका छन्, ‘कतार आइपुगेका छौं । जहाँ भए पनि मन त नेपालमै छ । हिजो यतिबेला नेसनल डे कन्सर्टमा थियौं । भिडियोका लागि ड्रोन पाइलट आदर्श भुसाललाई धेरै-धेरै धन्यवाद ।’

ओलीले शेयर गरेको भिडियोमा ‘जसो गर जे भन जतासुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो’ गीत गुञ्जिरहेको छ । 

प्रधानमन्त्री ओली शुक्रवार कतारको दोहा पुगेका हुन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क जाने क्रममा उनी दोहा पुगेका हुन् ।

प्रधानमन्त्री ओली स्थानीय समयअनुसार दिउँसो १ बजेर ३५ मिनेटमा हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा विमानस्थलको विशिष्ट कक्षमा कतारका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए ।

यस्तो छ प्रधानमन्त्री ओलीको फेसबूक कन्टेन्ट: 

salt training

कमेन्ट गर्नुहोस्