२५ जेठ २०८३, सोमबार

वीरगञ्ज महानगरमा गुरुयोजना बनाएर खानेपानीको पहुँच विस्तार गरिने

असोज ४, २०८१
पर्सा
वीरगञ्ज महानगरमा गुरुयोजना बनाएर खानेपानीको पहुँच विस्तार गरिने

 वीरगञ्ज महानगरभित्र गुरुयोजना बनाएर खानेपानीको पहुँच विस्तार गरिने भएको छ । वीरगञ्ज महानगरपालिका, नेपाल खानेपानी संस्थान र युनिसेफको संयुक्त सहकार्यमा खानेपानी तथा सरसफाइ कार्यको गुरुयोजना तयार गरेर महानगरका ३२ वटै वडामा सुरक्षित र स्वच्छ खानेपानीको पहुँच पुर्‍याइने तयारी गरिएको हो ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहको संयोजनमा आज बसेको बैठमा गुरुयोजना बनाएर खानेपानीको वितरण गर्ने र सरसफाइलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने विषयमा छलफल भएको छ । प्रमुख सिंहले महानगरवासीलाई दीर्घकालिनरूपमा स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउन गुरुयोजना बनाएर कार्यान्वयनमा लैजाने  विषयमा छलफल भएको बताए । 

“सुरक्षित र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नु हाम्रो मुख्य प्राथमिकता हो । सुरक्षित खानेपानीको परीक्षणका लागि युनिसेफले ल्याब स्थापना गर्ने भएको छ,” उनले भने । बैठकले खानेपानी गुणस्तर अनुगमन निर्देशिका कार्यान्वयनमा ल्याउने तथा महानगर, खानेपानी संस्थान र युनिसेफको संयुक्त सहकार्यमा खानेपानी तथा सरसफाइ कार्ययोजना लागू गर्ने निर्णय गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्