२२ जेठ २०८३, शुक्रबार

पाँच प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो बागमतीसहित तीनमा ठूलो पानी पर्ने सम्भावना

असोज ५, २०८१
काठमाडौं
पाँच प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो बागमतीसहित तीनमा ठूलो पानी पर्ने सम्भावना

हाल कोशी र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भेगमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।   

आज दिउँसो कोशी, बागमती, लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी  भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

राति बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको  छ । 

salt training

कमेन्ट गर्नुहोस्