×

NMB BANK
NIC ASIA

वडाध्यक्षबाटै बृद्धभत्ता पाउँदा ज्येष्ठ नागरिक खुसी

कात्तिक २०, २०७४

NTC
Premier Steels

पाल्पा, १७ कात्तिक– नेपाल सरकारको सामाजिक सुरक्षा भत्ता बापतको रकम रामपुर नगरपालिकाले वडा वडाबाट वितरण गर्न थालेपछि ज्येष्ठ नागरिक उत्साहित बनेका छन् ।

रामपुर नगरपालिकाका धेरै वडा विकट र दुर्गममा रहेको हुँदा बैंकमा भत्ता लिन आउन जान निकै कठिन परेका बेला वडा वडाबाटै भत्ता बुझ्न पाएपछि उनीहरुको मुहारमा खुशी झल्किएको छ ।

बैंकमा घण्टौँसम्म लाइन लागेर वृद्घभत्ता बुझ्दै आएका रामपुर नगरपालिका–४ का ९८ वर्षीय धनबहादुर श्रेष्ठ यस आर्थिक वर्षको पहिलो चौमासिकको भत्ता वडाबाटै बुझ्न पाउँदा निकै उत्साहित भएका छन् । उनले ज्येष्ठ नागरिक सामाजिक सुरक्षा बापतको भत्ता रकम बुझ्दै नगरपालिका र जनप्रतिनिधिलाई धन्यवाद दिए ।

उनी भन्छन्, ‘निर्वाचनका बेला भोट माग्न आउँदा वृद्ध भत्ता वडा वडाबाट दिन्छौँ भन्थे, त्यतिबेला विश्वास लागेको थिएन, अहिले भने निर्वाचनमा मतदातासँग गरेका प्रतिबद्धताअनुसार नै काम शुरु गरेकामा निकै खुशी लागेको छ ।’ यसरी नै निर्वाचनका बेला गरेका प्रतिबद्धता जनप्रतिनिधिले बिस्तारै काम गर्दै गए देशले सही निकास पाउने उनको धारणा छ ।

त्यस्तैगरी, रामपुर नगरपालिका–३ की ९६ वर्षीय लीलादेवी बस्याल पनि वडा वडाबाट वृद्ध भत्ता बुझ्न पाएपछि स्थानीय सरकार घर घरमा आएको जस्तो लागेको बताउँछिन् । ‘भत्ता बुझ्नका लागि दुई घण्टा हिँडेर रामपुरको बेझाड बजारमा जानुपर्थ्यो,’ उनले भनिन्, ‘बूढेसकालको शरीर आउन जानै समस्या, अहिले त नगरपालिका र जनप्रतिनिधिले ज्येष्ठ नागरिकको मनोभावना बुझेर होला वडाका विभिन्न गाउँ गाउँबाटै भत्ता बुझ्ने व्यवस्था गरेका छन् ।’

उनीहरु जस्ता धेरै ज्येष्ठ नागरिकलाई वडा वडाबाटै भत्ता वितरण कार्यले ठूलो राहत मिलेको छ । बैंकमा भत्ता लिन जाँदा नागरिकको भीडले पालो नपाएर कहिलेकाहीँ त्यसै फर्किनु परेको रामपुर–५ की तेजमाया भण्डारीको भनाइ छ । ‘अहिले त वडामा गएपछि घण्टौँसम्म लाइनमा बस्नु परेन, आउन जान पनि सजिलो, घर नजिकैबाट भत्ता बुझ्न पाएपछि समय पनि बचत भएको छ,’ उनले खुसी हुँदै भनिन् ।

ज्येष्ठ नागरिकलाई मध्यनजर गर्दै नगरपालिकाले विकट र दुर्गम वडाका विभिन्न स्थानबाट उनीहरुलाई पायक पर्ने गरी सामाजिक सुरक्षा बापतको भत्ता वितरण कार्य सञ्चालन गरिरहेको नगर प्रमुख रमणबहादुर थापा बताउँछन् । उनी आफैं पनि वडा वडामा पुगेर ज्येष्ठ नागरिकलाई भेटघाट गरी भत्ता वितरण कार्यमा सरिक भएका छन् । उनको यो व्यवहारले पनि यतिबेला ज्येष्ठ नागरिकमा थप उत्साह बढेको पाइन्छ ।

रामपुर नगरपालिकाका विभिन्न वडामा अहिले क्रमैसँग भत्ता वितरण कार्य चलिरहेको छ । कर्मचारीको अभावका कारण भने नगरका दशवटै वडामा एकै साथ सामाजिक सुरक्षा बापतको भत्ता वितरण गर्न कठिनाइ परेको छ । यसले गर्दा नगरपालिकाले पालैपालोसँग वडा वडाका विभिन्न स्थानबाट सेवा दिँदै आएको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x