
बाँकेमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
जानकी गाउँपालिका- २ बेल्भारस्थित इमिली नाला नजिकै रहेको पोखरीमा डुबेर सोही ठाउँ बस्ने पर्शुराम यादवका १४ वर्षीय छोरा प्रवीणको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो पोखरीमा डुबेर अशक्त भएका उनको उपचारका लागि भेरी अस्पताल नेपालगन्ज बाँकेतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।