
महिन्द्राले ‘महिन्द्र उत्सव २०२४’ विशेष योजना सार्वजनिक गरेको छ ।
नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्याक्टरहरूको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडले हरेक वर्ष जस्तै विश्वकर्मा पूजा, दशैं, तिहार र छठ पूजालाई लक्षित गरी उक्त विशेष योजना ल्याएको हो ।
यो योजना चाडपर्व अवधिभर २०८१ असोज १ देखि मंसिर ३० गतेसम्म लागू हुनेछ ।
यस योजनाअन्तर्गत महिन्द्रा ट्याक्टर खरिद गर्ने ग्राहकहरूले स्क्र्याच कार्डमार्फत पहिलो मौकामा हात खाली नहुने नगद इनामको छुट प्राप्त गर्नेछन् ।
साथै बम्पर इनाममा १ लाख, २ लाख र ४ लाख नगद जित्ने थप तीन मौकाहरू प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।
बम्पर इनाम, ३ जना भाग्यशाली विजेताहरूलाई ‘लक्की ड्र’ कार्यक्रममार्फत छनोट गरी प्रदान गरिने व्यवस्था गरिएको छ ।
यसका साथै, लक्की 'ड्र'मार्फत दिइने नगद इनाम लोकप्रिय नेपाली अभिनेत्री स्वस्तिमा खड्काको हातबाट हस्तान्तरण हुनेछ । विजेताहरूले औपचारिक भेटघाट कार्यक्रममा अभिनेत्री स्वस्तिमालाई भेट्ने मौकासमेत प्राप्त गर्नेछन् ।
कम्पनीले ल्याएको यस वर्षको योजना, महिन्द्रा ट्याक्टर मुख्य प्रायोजक रहेको, प्रदर्शनमा आउँदै गरेको नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’सँग पनि जोडिएको छ ।
चलचित्रमा मुख्य भूमिकामा रहेकी अभिनेत्री स्वस्तिमा खड्का यसै चलचित्रमार्फत निर्माताका रूपमा डेब्यु गर्दैछिन् । चलचित्र घटस्थापनाको दिनमा देशभर प्रदर्शन हुने तालिका रहेको छ ।
यस योजनामार्फत महिन्द्रा ट्रयाक्टरले नयाँ ट्याक्टर ग्राहकहरूलाई ट्रयाक्टर खरिदमा विभिन्न छुट तथा इनाम प्रदान गर्दै चाडपर्वको माहौलमा अझ उमङ्ग थप्ने र सम्बन्ध प्रगाढ बनाउने लक्ष्य लिएको छ ।