२७ असार २०८३, शनिबार

इजरायली आक्रमणमा स्कूल–आश्रयस्थलमा २१ जनाको मृत्यु

असोज ५, २०८१
काठमाडौं
इजरायली आक्रमणमा स्कूल–आश्रयस्थलमा २१ जनाको मृत्यु

गाजाको नागरिक रक्षा एजेन्सीले शनिबार इजरायली हमलामा २१ जनाको मृत्यु भएको रिपोर्ट गरेको छ । यो इजरायली सेनाले विस्थापित प्यालेस्टाइनीहरूलाई आश्रय दिने विद्यालयमा गरेको पछिल्लो हमला हो ।

सिभिल डिफेन्स एजेन्सीका प्रवक्ता महमुद बस्सलले गाजा शहरको विद्यालयमा मारिएका आधाभन्दा बढी बालबालिका रहेको बताए । प्रत्यक्षदर्शीहरूका अनुसार अनाथहरूको समूह पहिले स्थानीय सहायता समूहबाट प्रायोजन प्राप्त गर्न भवनमा भेला भएको थियो ।

“सिभिल डिफेन्स टोलीले १३ बालबालिका र छ जना महिलासहित २१ जनाको शव फेला पारेको छ । यसमध्ये एक गर्भवती थिइन्”,बस्सलले भने । 

एएफपीटीभी फुटेजले विद्यालयमा परिणत भएको आश्रयको भुइँ तल्ला कङ्क्रीट भग्नावशेषले ढाकिएको कक्षाकोठा जस्तो देखिने छतमा एउटा खाल्डाखुल्डी देखाएको छ । इजरायल–हमास युद्धबाट विस्थापित हजारौं प्यालेस्टाइनीहरूले त्यहाँ आश्रय खोजेका बसालले बताए ।  गाजा शहरको अल–जेटुन स्कूल सी मा इजरायली बमबारीमा नौ बालबालिका सहित लगभग ३० जना घाइते भएका उनले थपे ।

इजरायलको सेनाले आफ्नो निशाना अल–जेटुन स्कूलको भवन नजिकै रहेको अल–फलाह स्कूलमा रहेको बताएको छ ।

घटनास्थलमा रहेका एएफपी संवाददाताले अल–जेटुन स्कूल सीमा आक्रमण भएको पुष्टि गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्