
पढाइलाई उमेरले छेक्दैन भन्ने भनाइलाई खोटाङका धनकुमारी राई र पुजान दर्जीले पुष्टि गरेका छन्। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१०, पाथेकाकी ७८ वर्षीय धनकुमारी राई र ५२ वर्षीय पुजान दर्जी अहिले नातिनीहरूसँगै विद्यालयमा पढ्न सुरु गरेका हुन् ।
धनकुमारी र पुजान आफ्ना नातिनी पढिरहेको सरस्वती माध्यमिक विद्यालय पाथेकामा कक्षा १ मा भर्ना भएको खबर गोरखापत्रमा छापिएको छ । असोज २ गते विद्यालयमा भर्ना भएका उनीहरू अहिले नियमित विद्यालय गएर पढिरहनुभएको सरस्वती माविका प्रधानाध्यापक उत्रप्रसाद राईले बताए ।