१० असार २०८३, बुधबार

उद्योगमन्त्री भण्डारी र भूटानीमन्त्री छिरिङबीच भेट

असोज ६, २०८१
काठमाडौं
उद्योगमन्त्री भण्डारी र भूटानीमन्त्री छिरिङबीच भेट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भूटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री ल्योन्पो जेम छिरिङले शिष्टाचार भेट गरेका छन् ।

‘इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट’ले यही सातादेखि काठमाडौंमा आयोजना गर्न लागेको दोस्रो हिन्दू कुश हिमालय मन्त्रिस्तरीय पर्वतीय शिखर सम्मेलनमा भाग लिन आएका मन्त्री छिरिङ र मन्त्री भण्डारीबीच आज सिंहदरबारमा भेटवार्ता भएको हो ।

सो अवसरमा मन्त्री भण्डारीले नेपाल र भूटानबीच गहिरो सामाजिक–सांस्कृतिक सम्बन्ध रहेको तथा जनस्तरमा समेत सुमधुर सम्बन्ध रहेको बताए । 

उनले भने, 'भूपरिवेष्टित भूबनावट, हिमाली भूगोल, विकासका चुनौती र जलवायु परिवर्तनको सामना लगायतका विषय हाम्रा साझा मुद्दा हुन् ।'

भूटान अति कम विकसित राष्ट्रबाट स्तरोन्नति भएकामा मन्त्री भण्डारीले भूटानी मन्त्री छिरिङलाई बधाई ज्ञापन गरे ।

'भूटानको स्तरोन्नतिको यात्राले अन्य अतिकम विकसित राष्ट्रहरूका लागि विशेष गरी नेपालजस्ता भूपरिवेष्टित राष्ट्रका लागि महत्त्वपूर्ण अनुभव हुन सक्छ, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन द्विपक्षीय संसदीय समूहले महत्वपूर्ण भूमिका खेल्न सक्छ, नेपालको सङ्घीय संसद्ले नेपाल–भूटान संसदीय मैत्री समूह गठन गरेको जानकारी गराउन पाउँदा मलाई खुसी लागेको छ,' मन्त्री भण्डारीले भने ।

salt training

कमेन्ट गर्नुहोस्